काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ३ हजार ४ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २ हजार ९ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्