काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३ हजार ७ सय ४० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ३ हजार २ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५२ रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्