काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित १ जना महिलालाई पक्राउ गरेको छ । विमानस्थलबाट १ किलो ३ सय ग्राम अवैध सुनसहित ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थीकान्थामात्रे काभास्करलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्कर रहेको प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् । उनका अनुसार राहदानी नम्बर ८१५१३८५ भएकी निज महिलाले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल ५ सय ग्राम तथा लगाएको भित्री वस्त्रभित्र ८ सय ग्राम सुन गरी कुल १ किलो ३ सय ग्राम सुन बरामद गरिएको हो ।
उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्