काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । साताको कारोबारको अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ सय रुपैयाँले घटेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन पनि १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ५ सय ९५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्