काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितका लागि ९८ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले २७.१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटिएको हो ।
आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाएका छन् । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने बिबेक यादवले ११ रन जोडेका छन् । बागमतीका सूर्य तामाङले ५ विकेट लिए भने प्रतिश जिसीले र रिजन ढकालले समान दुई-दुई विकेट लिएका छन् ।
यता कृर्जन गुरुङले भने एक विकेट लिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्