काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे निलम्बनमा परेका छन् । १५ लाख रुपैयाँ घुसहित पक्राउ परेका बादेलाई आइतबार बसेको नगर कार्यपालिकाको बैठकले पदबाट निलम्बन गरेको हो ।
बादे नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अख्तियारको टोलीले वडाध्यक्ष बादेलाई १५ लाख रुपैयाँ घुससहित माघ ३ गते भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर चोकबाट नियन्त्रणमा लिएको हो ।
घुससहित पक्राउ परेपछि बादेलाई अध्यक्ष पदबाट निलम्बन गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्