काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट आधाकिलो सुनसहित एक जना पक्राउ परेका छन् । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जनाएका छन् । हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा.पाण्डेले बताएका छन् ।
बरामद् भएको सुन दर्जी आफैँले ल्याएका हुन् वा सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्