काठमाडौँ । अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । सिरहा कर्जनहा नगरपालिका-८ बस्ने ४२ वर्षीय राम सागर राउत गाँजासहित पक्राउ परेका हुन् ।
राउतलाई हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित आइतबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले को १ ख ७९१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिहरेको जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्