काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा १ जना महिला पक्राउ परेकी छन् । कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीय सरस्वती खड्का रहेकी छन् ।
खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेकी थिइन् । उनले सो विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।
सरस्वती खड्का उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्