काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार पाथीभराको दर्शन गरेका छन् । बिहान हेलिकप्टरमार्फत पाथीभरा गएका शर्माले पाथीभराको दर्शन गरेर फर्किएका हुन् ।
नेपाली सेनाको हेलिकप्टरमा गएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको प्रधानसेनापति शर्माले बताएका छन् ।
उनले गत वर्ष पनि पाथीभराको दर्शनमा आएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताएका छन् । शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्किएका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्