काठमाडौँ । बाराको पथलैयामा बुधबार बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा-२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा दुई जनाको मृत्य भएको छ भने तीन जना घाइते भएका छन् ।
त्यस्तै, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२६ च १३३४ नं को बलेरो तथा विपरीत दिशाबाट आउँदै गरेको ना ६ख ३३५२ नं को ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घाइतेहरुको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको महतोको भनाइ छ । मृतक तथा घाइतेको पहिचान अझै खुल्न सकको छैन ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्