काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ हजार रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ७१ हजार ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ६६ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२५६ रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्