काठमाडौँ । साताको कारोबारको पाँचौ दिन (आज) बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १५ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ७८ हजार ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ७३ हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९९ रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्