काठमाडौँ । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यलय धनुषाको हिरासतमा रहेका अध्यक्ष सिरोहीयालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
गत शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उनलाई काठमाडौँ लगिएको हो ।
सोमबार तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन उनी अस्पतालबाट एम्बुलेन्समा आएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेले चिकित्सकबाट काठमाडौँ लगेर उपचार गर्न सिफारिस भएपछि सरकारी वकिलसँगको परामर्शमा अध्यक्ष सिरोहियालाई काठमाडौँ पठाउने निर्णय भएको जनाएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्