काठमाडौँ । महोत्तरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् । जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर गौशाला नगरपालिका ३ पचानटोलकी १४ वर्षीया करिना महतोको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।
करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको स्थानीयले बताएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाका बारेमा मा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्