काठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतका कैयौं ठाउँमा बमबारी गरेको छ । इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक तथा अन्य संस्थानहरूलाई निशाना बनाएको बीबीसीले जनाएको छ ।
यो आक्रमणअघि इजरायलले बेरुतको २४ ठाउँमा आक्रमण गर्ने योजना बनाएको चेतावनी दिएको थियो । इजरायली सुरक्षा बल (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंकलाई निशाना बनाउने बताएको थियो । आईडीएफका प्रवक्ताले आउँदा दिनमा इरानले हिजबुल्लाहलाई कसरी आर्थिक सहयोग गर्छ भन्ने कुरा सबै सामु ल्याउने पनि बताएका थिए ।
यसैबीच इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा रहेको दाहेह शहरमा आठ वटा हवाई आक्रमण गरेको खबरमा उल्लेख छ । यो ठाउँ हिजबुल्लाहको नियन्त्रणमा छ । हिजबुल्लाहले पनि इजरायलको सैन्य क्षेत्रलाई निशाना बनाउँदै रकेट आक्रमण गरेको बताएको छ ।एजेन्सी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्