काठमाडौँ । कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । मध्यपूर्वी तनाव कम हुँदा अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा सबैजसो कच्चा तेल साढे ५ प्रतिशत हाराहारीमा घटेको हो ।
यो समयसम्म डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ५.८ प्रतिशत घटेर ६७.६० अमेरिकी डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ ५.५ प्रतिशत घटेर ७१.८ , मुर्बान तेल ५.६ प्रतिशत घटेर ७०.७ अमेरिकी डलरमा झरेको छ । एकैदिन कच्चा तेलको मूल्यमा भारी गिरावट आउनुको प्रमुख कारण मध्यपूर्वी एसियाको तनाव कम हुनु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानविरुद्ध इजरायलको हमला तत्काललाई असफल भएसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट देखिएको रोयटर्सले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्