काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर जाँदै गरेको बस मंगलबार खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । नगरपालिका कार्यालयसँगैको घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।
घाइतेहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरूले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिए । दुर्घटनामा विद्युत्को खम्बा समेत भाँचिएको उनले जानकारी दिए । रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्