काठमाडौँ । बिहीबार सुनको मूल्य चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँ रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला दुई हजार १५ रुपैयाँ रहेको चाँदी यस दिन १९ सय ६० मा झरेको छ ।
अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको उदयले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्