काठमाडौँ । कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । कतार एअरवेजले भोलि मङ्गलवारदेखि दोहा–भैरहवा–काठमाडौँ–दोहा उडान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए ।
कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण हुनेछ । यो जहाज भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाण्डौका लागि उड्नेछ । यही जहाज दोहाका लागि काठमाण्डौबाट बेलुका ६ बजे ५५ मिनेटमा उड्नेछ ।
भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । एअर अरेबियाले पनि भैरहवामा उडानको चासो देखाएर जानकारी लिएको महाप्रवन्धक तिवारीले बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्