काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने नवराज अर्यालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ । प्राइम टाइम टेलिभिजनमा अर्यालले अन्तर्वार्ता दिँदै आफू निर्मलाको हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताएका थिए ।
नवराजले आफू खानेपानी विभागको सवारी चालक रहेको र कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको प्रत्यक्ष देखेको बताएका थिए । तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनको दाबी थियो । उनीमाथि सीआईबीले मंगलबार नै सोधपुछ गरेको ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । तर, घटनाको विवरण नै उनले गलत बताउने गरेको एसपी बोगटीले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्