काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बा ११ च ७६०९ नम्बरको हात्ती गाडीको ठक्करबाट सोही ठाउँ बस्ने महोत्तरी गौशला नगरपालिका–१० घर भएका गणेश थापा मगरको छोरा ९ वर्षीय शिव थापा मगरको मृत्यु भएको छ ।
मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्