काठमाडौँ । दाङको तुल्सीपुरबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले तुल्सीपुर उपमहानगरपालिका(९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जना व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका(१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका वडा नम्बर ८ बस्ने १७ वर्षीय किशोर, वडा नम्बर ९ दोघरे बस्ने १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका(४ घर भई तुल्सीपुर उपमहानगरपालिका(९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।
पक्राउ परेका व्यक्तिहरुले केही सातादेखि हजारको नक्कली नोट दिएर सय रुपैयाँको रिचार्ज कार्ड किनेर नौ सय रुपैयाँ सक्कली पैसा लिने गरेका थिए। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्