काठमाडौँ । कालीकोटको शुभकालिका गाउँपालिका–४, रारागाउँमा सोमबार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीय वीरेन्द्र चौलागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
चौलागाईंले विद्युत्सम्बन्धी सामान्य काम गर्दै आएका थिए । मुचुल्का तयार गरेर शव परीक्षणका निम्ति जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्