काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा गर्न गत ३० असोजमा प्रकाशित सूचना रद्ध गरेको हो ।
उच्च अदालत पाटनमा सो सूचना विरुद्ध परेको रिटमा १४ आत्तिकमा आन्तरिम आदेश जारी भएको थियो । ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरु यो सूचना न्यायसंगत नभएको भन्दै अदालत गएका थिए ।
यसअनुसार नेपाल इञ्जिनियरिङ सेवाका राज पत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका बढुवा सूचना र आन्तरिक प्रतिस्पर्धातर्फका विज्ञापनको दरखास्त संकलन समेत रोकिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्