काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा चार खर्ब सात अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । असोज मसान्तसम्म विप्रेषण आप्रवाह गत वर्षको तुलनामा ११.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह २५।८ प्रतिशतले बढेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका निम्ति अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख १० हजार ६५४ छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ छ । दुवै गरी यो अवधिमा एक लाख ७० हजार ५९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्