काठमाडौँ । ‘अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट हुँ’ भन्दै रकम असुली गर्न खोजेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर स्थायी घर भइ ललितपुर बस्दै आएका एमबीबीएस डाक्टर आशिष दाहाल रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार, दाहालले ह्वाट्स एपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गर्ने गरेका थिए । आफूले भनेअनुसार रकम नदिए बिहार लगायतका स्थानबाट कन्ट्याक्ट किलर भाडामा लिएर हत्या गर्ने धम्की समेत दिने गरेको खुलेको भट्टराईले बताए ।
उनका अनुसार, दाहालले ५० हजारदेखि २ लाख रुपैयाँसम्म माग गर्ने गरेका थिए । यो सूचना प्राप्त हुनासाथ खटिएको कार्यालयको टोलीेले दाहाललाई शंखमुलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्