काठमाडौँ । उपत्यकाका तीन फरक ठाउँमा तीन वटा शव फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि एक पुरुषको शव भेटिएको छ । हाल नामथर र ठेगाना नखुलेका अन्दाजी ५५ वर्षका पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
उता ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा पनि नामथर, ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
‘
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्