काठमाडौँ । राहदानी विभागले विभाग परिसरभित्र फोटो तथा भिडियो खिच्न सञ्चारमाध्यमलाई निषेध गरेको छ । सेवाग्राहीको दृष्य कैद हुनेगरी फोटो तथा भिडियो खिच्न विभागले निषेध गरेको हो ।
भवन, कर्मचारी र मुख्य गेटको फोटो/भिडियो खिच्न निषेध नगरेको तर कार्यालयमा आएका सेवाग्राही देखिने गरी दृष्य कैद गर्न नपाइने विभागका महानिर्देशक तिर्थराज अर्यालले बताएका छन् । सेवाग्राहीहरुले अनुहार मिडियामा आयो भनेर गुनासो गरेकाले सेवाग्राही देखिने गरी फोटो/भिडियो खिच्न निषेध गरिएको उनको भनाइ छ ।
हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्