काठमाडौँ । राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । विभागले बिहीबार बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको हो ।
विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ । दोस्रो प्याकेजको ठेक्कामा भने पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ ।
विभागले ४५ दिनको म्याद राखेर पासपोर्टको ठेक्का गरेको हो । सन् २०२५ जनवरी १२ सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न पाउनेछन् । विभागसँग अहिले झन्डै १३ लाख छपाइ गर्न बाँकी पासपोर्ट मौज्दात छ । विभागले मासिक औसत १ लाखको पासपोर्ट वितरण गर्दै आएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्