काठमाडौँ । झापामा ८३ वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापाको झापा गाउँपालिका ७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका ७ का २४ वर्षीय अशोक यादव छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो ।
२२ मंसिरको झापा गाउँपालिका ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया वृद्धा फुलमाया मुर्मु मृत अवस्थामा भेटिएका थिए । त्यसपछि अनुसन्धानमा झापा प्रहरीका साथै प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहितको टोली अनुसन्धानमा खटिएको थियो । वृद्धालाई टाउको र चिउडोमा प्रहार गरी हत्या गरेको खुलेको थियो ।
हत्यामा प्रयोग भएको कलको ह्याण्डिल र फरुवा समेत प्रहरीले बरामद गरेको छ । हत्यापछि लुटिएको मोबाइल र एउटा साइकल समेत प्रहरीले बरामद गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्