काठमाडौँ । भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिका–१० बाट उनीहरूलाई पक्राउ गरिएको परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनीहरूबाट भन्सार छलीको किया कम्पनीको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए १६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्