काठमाडौँ । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ । पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो । साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो । ४।४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भइ उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारू गरिएको हो ।
सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब सुचारू भएसंगै ट्राफिक एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ । पहिला जस्तै अबउप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । योसंगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुदैं घण्टाघर जाने सडक पनि एक तर्फि बनाइएको छ । बाँकी तस्बिरमा हेर्नुहोस्…






तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्