काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने बताएका छन्। बिहिबार बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनम उनले यस्तो चेतावनी दिएका हुन्।
उनले गत वर्षको त्रिवि दीक्षान्त व्यवस्थित नहुँदा विद्यार्थीहरूले सास्ती खेप्न बाध्य भएको बताए। उनले दीक्षान्त समारोहको मोडल परिवर्तन गर्नुपर्ने माग गरे। ‘दीक्षान्तमा कोही विद्यार्थी खुसी छैनन्,दीक्षान्त हुँदा निराशाबाहेक केही दिन सकेको छैनौँ,त्यसैले व्यवस्थित ढंगले दीक्षान्त समारोह गरौँ,’उनले भने।
त्रिविले आगामी पुषमा ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्