काठमाडौँ । अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेका थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका ३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए । ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको डीएसपी जोशीले बताए ।
डडेल्धुराको भागेश्वर गाउँपालिका ४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गरेर बहुविवाह गराउन भूमिका खेलेको आरोप उनीमाथि छ । मालीले ३१ वर्षीया युवतीलाई झुक्याएर २२ मंसिरमा विवाह गरेका थिए ।
जेठी श्रीमतीको उजुरीका आधारमा कञ्चनपुर प्रहरीले मालीलाई पक्राउ गरेर बहुविवाह मुद्दा चलाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्