काठमाडौँ । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । पक्राउ पर्नेमा अशोक साउद र गणेश साउद छन् ।
जनकपुर बोल्ट्सका समर्थक अमन कुमारलाई नश्लिय साम्प्रदायिक दुर्व्यवहार गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्