काठमाडौँ । डिजिटल वालेट सेवा प्रदायक ईसेवाले भ्रामक र आधारहीन समाचारहरू आएको भन्दै त्यसमा सत्यता नभएको जनाएको छ ।
केही अनलाइन समाचार पोर्टलमा ईसेवाको सिस्टम ह्याक भएर रकम चोरी भएको दाबीसहित प्रकाशित समाचाहरूले प्रयोगकर्ताहरूमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा ईसेवाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ईसेवाको १६ वर्षको इतिहासमा ईसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको कम्पनीको भनाइ छ । ईसेवालगायत नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरू तथा मर्चेन्टहरूको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको ईसेवाले स्पष्ट पारेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्