काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका छन् । संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको उनले बताए ।
उपप्रधानमन्त्री सिंहले कोभिड महामारीका कारण प्रभावित भएको अर्थतन्त्रलाई नकास्न सरकारले काम गरिरहेको र अहिले सुधारका संकेत देखिन थालिसकेको उनले बताए । सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोर शिलान्यास र दयानगर दानव लिफ्ट सिंचाइ योजना उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन सिंह रुपन्देही पुगेका हुन् ।
पर्यटन करिडोर र लिफ्ट सिंचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्