काठमाडौँ । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले आज राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो । संयुक्त जाँच मुख्यालयले आज विज्ञप्ति निकालेर निलम्बित राष्ट्रपति योलमाथि अनुसन्धानका लागि आज बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी भएको जानकारी दिएको छ ।
राष्ट्रपति योल यही डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनले केही समयमै निर्णय फिर्ता लिएका थिए । यही प्रकरणमा संसद्ले महाभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका थिए । यो विषय संवैधानिक अदालतमा विचाराधीन छ ।
दक्षिण कोरियाको कानूनअनुसार महाभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ । यही क्रममा अनुसन्धानका लागि नसघाएको भन्दै भ्रष्टाचार कार्यालयका अधिकारीले राष्ट्रपति योलविरुद्ध हिजो पक्राउ पुर्जीको अनुमति माग गरेका थिए ।एजेन्सी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्