काठमाडौँ । धनकुटामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बु छन् ।
लिम्बुले ती बालिकालाई फकाएर चौबिसे गाउँपालिका–६ कै राजारानीस्थित होटलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरीका आधारमा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्