काठमाडौ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच टोली सुपर फाइभमा पुगेका छन् ।
एन्फा महिला लिगमा १० टिमको सहभागिता थियो । अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्ने छ । सुपर फाइभमा एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, वालिङ नगरपालिका र बाग्मती युथ क्लब पुगेका छन् । अन्तिम चरणमा २४ खेल हुने छन् ।
पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र बाग्मती युथ क्लब खेल्दैछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुने छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्