काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले तराईका धेरैजसो ठाउँमा दिउँसोसम्मै हुस्सु लागिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
तराईको हुस्सु, कुहिरो र शीतलहरबारे आज विशेष बुलेटिन निकालेर महाशाखाले विगत केही दिनदेखि तराईका धेरै ठाउँहरूमा बिहानीपख हुस्सु लागेको र केही ठाउँहरूमा दिउँसोसमेत घाम नलागेका कारण तापक्रम घट्दा चिसो निकै बढेको जनाएको छ । जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको र त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
कोशी, मधेश, बाग्मती, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा कुहिरो लागिरहेको छ । यी क्षेत्रको कुहिरो र हुस्सु बेलुका ४ बजेपछि हट्दै जाने छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्