काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकबाट प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।
“यो कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउनेछ,” उनले भने । “साथै, यो कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन्,” झाले भने ।
कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा.अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका उनले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्