काठमाडौँ । अमेरिकामा यस दशककै सबैभन्दा भीषण हिमआँधी आउने आशंकाले प्रशासनले तयारी सुरु गरेको छ। यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको छ।
नेसनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएको हो र आगामी केही दिनमा पूर्वतिर सर्नेछ।अमेरिकाका मिसिसिपी र फ्लोरिडालगायतका केही भागमा धेरै चिसो नहुने ठाउँमा समेत चिसोको अवस्था भयावह हुने चेतावनी दिइएको छ।
एक्युवेदर फ़ोरकास्टर डेप्याडविनले भने, ‘यसले सन् २०११ पछि संयुक्त राज्य अमेरिकामा सबैभन्दा चिसो जनवरी हुने देखिएको छ।’
अमेरिकी मौसम विभागका अनुसार, ‘आइतबार मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र ट्राफिक अवस्था पनि बिग्रिनेछ।’ बीबीसी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्