काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनको विवादित वक्तव्यको श्रव्यदृश्य सामग्री झिकाउने सर्वोच्चले आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासले उक्त आदेश गरेको हो।
सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले उठाएको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना मुद्दामा कारबाही अघि बढाएको थियो।
न्याय परिषद्ले गत असोज ११ गते सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि अध्यक्ष घिमिरेले लेनदेनका आधारमा यो निर्णय भएको आरोप लगाएका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्