काठमाडौँ । अबदेखि हलमा फिल्म प्रदर्शन गर्दा चलचित्र निर्माता संघको अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । मंगलबार चलचित्र निर्माता संघ र चलचित्र संघको कार्यदलले यस्तो सहमति गरेको हो ।
सहमति अनुसार अब फिल्म रिलिज गर्नुअघि निर्माता संघ र प्रदर्शकहरुको संस्था चलचित्र संघमा अनिवार्य दर्ता हुनुपर्ने कार्यदलका सदस्य गोपाल कायस्थले बताए । यससँगै अब स्वतन्त्र रुपमा कसैले पनि हलमा फिल्म रिलिज गर्न नपाउने भएका छन् । कार्यदलले एकै मितिमा दुई भन्दा बढी फिल्म रिलिज गर्न नपाइने अहिलेको नियमलाई समेत खारेज गर्ने सहमति जुटाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्