काठमाडौँ । मोटरसाइकलको ठक्करबाट टोखामा एक पैदलयात्रुको मृत्यु भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित सडकमा बा ६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं तार्केश्वर बस्ने ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्