काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका छन् । लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा छाड्ने आदेश गरेको थियो ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा भएका कारण शुक्रबार हाजिर हुने तयारी थियो । तर, उनी आइतबार मात्र काठमाडौं अदालतमा हाजिर हुने लामिछानेका एक सहयोगीले जानकारी दिए ।
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्