Skip to content

मान्छे मारेर फरार रहेका व्यक्ति ४० वर्षपछि पक्राउ

कालोपाटी

१ वर्ष अगाडि

काठमाडौं । रौतहटमा मान्छे मारेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ परेका छन् । सर्लाही प्रहरीले हत्यापछि फरार रहेका एक प्रतिवादीलाई ४० वर्षपछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार पक्राउ पर्नेमा रौतहटको साविक ब्रम्हपुरी गाउँपालिका ९ का ५६ वर्षीय राजु सिंह रहेका छन् ।

हत्यापछि धर्म र नामसमेत परिवर्तन गरेर सिंह सर्लाहीमा लुकिछिपी बस्दै आएको खुलेको छ । १६ वर्षको उमेरमा व्यक्ति हत्या गरेपछि फरार रहेका उनले अहिले आफूलाई महमद सेराजको रुपमा चिनाउँदै आएका थिए।

सिंहले ४० वर्षअघि रौतहटमा हत्या गरेका व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार