काठमाडौँ । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले खड्काको संसदीय सुनुवाइ थाल्दै उजुरी आह्वान गरेको हो ।
खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।
संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए समितिसमक्ष दिने प्रयोजनका लागि उक्त सूचना सरकारी सञ्चारमाध्यममार्फत् सार्वजनिक गर्न प्रस्ताव गरिएको हो ।
प्रस्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्